पशुपालन जोन वन्दै वर्दिबास

[sharethis-inline-buttons]

माधव पौडेल
विजलपुरा

के तपाई वर्दिवास नगरपालिकामा पशुपालन गर्न सोच्दै हुनुहुन्छ ? कि गरीरहनुभएको छ तर प्राविधिक सेवा सुविधावाट वञ्चित हुनुहुन्छ ? तेसो हो भने भने तपाईको सोचलाई यथार्थमा वदल्नुस, वर्दिबास नगरपालिका तपाईहरुजस्ता पशुपालक कृषकको लागि सहयोगी भएर निस्किएको छ । पशुपालन गर्नको लागि कृषकहरु दश तिर भौतारीरहदा पनि उचित सल्लाह तथा प्राविधिक सहयोग नपाईरहेको भन्ने व्यापक गुनासो पछि वर्दिवासका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले ति गुनासोको सम्वोधन नगरप्रमुख हुदाँपछि भए गरेका कार्यवाट गर्दै आएका छन् । मानव स्वास्थ्यको लागि नभै नहुने नगर अस्पताललाई अस्पताल जस्तो वनाएर नगरवासिलाई स्वास्थ्यमा पहुँच विस्तार पछि अव उनको पाईला नगरमा भएका हरेक पशुपालन कृषकहरुको आय आर्जन वढाउने तर्फ अघि वढेको छ ।

निर्वाचन जिते पश्चात पहिलो चरणमा नगरका कृषकहरुलाई पशुपालन सम्वन्धि ज्ञान र शिक्षा प्रदान गरी आय आर्जनको माध्यम वनाउन विभिन्न जातका पशु वितरण तथा तिनका आहारको लागि घास वितरण गरीएको थियो । तत् पश्चात कृषकहरुले व्यवसायिक रुपमा वाख्रापालन, भैसिपालन, संगुर वंगुर पालन, व्रोईलर कुखुरापालन लगाएतका कार्यको थालनि भयो । व्यवसायिक पशुपालन गर्दा कृषकहरुलाई आईपर्ने समस्या चुनौतिहरु उनिहरुको घरदैलोमा नै दिने नितिअनुरुप १४ वटै वडालाई पाएक पर्ने गरी ५ स्थानमा पशु सेवा केन्द्र संचालनमा ल्याइएको छ ।
यसै अन्र्तगत भर्खरमात्र वर्दिवास नगरपालीका वडा नं ८, १२ र १३ लाई पाएक पर्ने गरी विजलपुरा डाडाटोलमा पशु सेवा केन्द्रको उद्घाटन गरीएको छ । नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले उद्घाटन गर्दै नगरले खालि वाटो मात्र वनायो भन्नेहरुलाई यि कामहरु हेर्न सुझाव दिए । वाटोघाटो सडक विकासको अनिवार्य सर्त भएता पनि नगरले सवै क्षेत्रलाई समेटेर लगेको भन्दै कृषि र पशुपालन क्षेत्रलाइ साथसाथै लगेको छ । नगरले दिएको सेवा सुविधाको जानकारी र सुचना अझै पनि मैले सोचे अनुसार नगरवासिको

घरघरमा पुग्न नसकेको अनुभव आफुले गरेको र अव हामि सवैले सुचना सम्प्रेषणको जिम्मेवारी लिनुपर्ने छ ।

वर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत राममणि अधिकारीले पशुपालन कृषकहरुले आफुले पालेका पशुहरुलाई सामान्य विरामी पर्दापनि वर्दिबास जानुपर्ने अवस्थाको अन्त्य भएको वताए । जुका नाम्लेको औषधि, गोवर जाँच, बाख्राका पाठालाई खसिपार्ने जस्ता कार्यहरु यहिवाट हुने र पशु प्राविधिकहरुले कृषकहरुको घर घरमै गएर पनि पशुहरुको ठुला ठुला रोगको उपचार गर्ने व्यवस्था मिलाइएको वताए । पशु प्राविधिकहरुको सम्पर्क नम्वर हरेक कृषकसंग हुनुपर्यो र सेवा लिनुपर्नेमा पनि चनाखो हुनुपर्नेमा जोड दिए । १३ नम्वर वडाका वडाअध्यक्ष लक्ष्मण सिंहको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि नगर उप प्रमुख तारा देवी रहनु भएको थियो । पशु सेवा केन्द्रलाई आवश्यक पर्ने औषधि लगाएत स्वास्थ्य सामाग्रीहरुसमेत नगरप्रमुखले हस्तान्तरण गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...