बर्दिवास नगरपालिका द्वारा १ अरब ५ करोड १९ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले १अरब ५ करोड १९ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
आईतवार नगरपालिकाको १२ औँ नगरसभामा नगरप्रमुख प्रलाद कुमार क्षेत्रीले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुँन ।
निति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा ,खानेपानी,कृषि तथा सिचाई ,सडक ,यातायात र नाला ब्यवस्थापन, रोजगारी, खेलकुद ,लागु औषध नियन्त्रण जस्ता बिषयलाई मुख्य प्राथमिकता दिइएको छ ।
जस्मा बितिय समानिकरण अनुदान १६ करोड् ९० लाख संघीय सरकारबाट प्रप्त हुँने अनुदान ४४ करोड् ४९ लाख रहेको छ ।
समपुरक अनुदान १ करोड् ५० लाख, बिशेष अनुदान १ करोड् ७० लाख ,बितिय समानिकरण अनुदान १२ लाख २४ हजार ३ सय, प्रदेश सरकारबाट प्राप्त हुँने अनुदान १ करोड् सम्पुरक अनुदान २० लाख बिशेश अनुदान ३० लाख रहेको बताईएको छ ।

त्यसैगरी राजस्व बाड्फाँड् संघिय सरकारबाट १५ करोड् ५४ लाख ७५ हजार, राजस्व बाड्फाँड् प्रदेश सरकारबाट १५करोड् ,राजस्व बाड्फाँड स्थानिय सरकारबाट ८ करोड् ११ लाख, आन्तिरिय कर ,आयकर, शुल्क दस्तुर तथा अन्य राज्स्व ३ करोड् ५३ लाख अल्या रकम १० करोड् नगरपालिका तथा वडा् कार्यालय तथा बर्दिवास अस्पताल स्वास्थ्य चौकीहरुको कार्यसञ्चालनतर्फ चालु खर्च १९करोड् ६९लाख ६० हजार रहेको छ ।
नगरपालिका तथा वड कार्यालयको कार्य सञ्चालन तर्फ पुँजीगत खर्च ९५ लाख बिषयगत क्षेत्र तर्फ स्वास्थ्यकर्मीहरुको तलब भक्ता ५ करोड् ९५ लाख बिनयोजन गरीएको छ ।
तेस्तै शिक्षा तर्फ ३ करोड् कृषि तथा पशु पालनमा ७५ लाख खानेपानी फोहरमैला तथा सरसफाईमा १ करोड् भबन तथा शहरी बिकासमा १ करोड् ६५ लाख, सुचना तथा सञ्चार प्रबिधिमा १५ लाख लागु पदार्थ तथा दुव्र्यसनी रोकथाम तथा नियन्त्रणमा ५ लाख, स्वास्थ्य शिबिर कार्यक्रम,महिलाको पाठेघर तथा मोतिबिन्दु अपरेशनमा ६ लाख४३ हजार,छुटयाईएको छ ।
नगरले उत्कृष्ट करदाता सम्मान कार्यक्रम राजस्व ब्यवस्थापन तथा ब्यवसाय दर्ता अभियान एबं बजार अनुगमन तथा राजस्व सम्वन्धि तालिम कार्यक्रममा १० लाख जलश्रोत तथा सिचाईमा ९५ लाख पर्यटन प्रर्वद्नमा ४५लाख बर्दिवास फन पार्क निर्माणमा ८५ लाख गरी कूल १ अरब ५ करोड १९ लाख १८ हजार रुपैयाँको बजेट नगरसभाले पारीत गरेको नगरप्रमुख क्षेत्रीले जानकारी दिए ।