आर्थिक मन्दीका कारण बर्दिवासका अधिकांश व्यवसाय धारासायी बन्दै

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
लामो समयदेखि आर्थिक मन्दीका कारण महोत्तरीको बर्दिवासका अधिकांश ठूला, मझौला तथा साना व्यवसायीहरु धरासायी बन्दै गइरहेका छन् । लामो समयसम्म कोरोनाको कहरमा परेर बिस्तारै तंग्रिन लागेका व्यवसायीहरुलाई विश्वब्यापी रुपमा देखापरेको आर्थिक मन्दीको चपेटाले समेत सताएको छ । निक्कै ठूला र आर्थिक कारोबारमा उत्कृष्ट व्यवसायीहरु पनि अहिले आर्थिक प्रगतिको ओरालो यात्रातर्फ गइरहेको देखिएको छ ।
बजारमा तरलताको अभाव झनै डरलाग्दो गरि फैलिएकाले समेत बर्दिवासका मुख्य चोकमा ब्यवसायकालागी लगाईएको भाडाका सटरहरु धमाधम बन्द हुने क्रममा छन । नेपाल राष्ट्र बैंक, तथा वित्तीय संस्था सहकारी तथा लघुबित्तहरुको लगानीको ठूलो हिस्सा बर्दिवासकोे ब्यवसायमा रहेको छ । व्यापार प्रर्बद्धन हुनसके आर्थिक गतिबिधिहरु बढने र बजारमा तरलता अभाव कम हुने आकांक्षामा बसेका लाखौं व्यवसायीहरु निरन्तरको तरलता र अभावले निराश बनेको देखिएको छ ।
हेर्नुहोस यो रिपोट