सर्लाहीको सीमावर्ती क्षेत्रबाट १३ लाख नगदसहित दुई जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही

सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

मंगलबार दिउँसो नियमित गस्ती तथा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको टोलीले पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ।

बरामद नगदको वैध स्रोत खुलाउन नसकेपछि दुवै जनालाई रकमसहित आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद रकमको वास्तविक स्रोतबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...