सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

आज्ञा खबर

सर्लाही

सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरियामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना साइकल चालक घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। उनलाई मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि लगिएको भए पनि मृत्यु भएको जनाइएको छ।

सोही दुर्घटनामा मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन्। महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...