आज्ञा खबर
बर्दिवास
राष्ट्रिय स्वधिनताको रक्षा भौगोलिक अखन्डता र जनताको जनजिबिका लगायतका सवालहरुलाई गित र साहित्य मार्फत उजागर गर्न महोत्तरीको बर्दिवासमा राष्ट्रिय जनसास्कृतिक टोलीले सोमबार सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने भएको छ।
महाकाली देखी मेची सम्म जनचेतना फैलाउने उद्देश्यले दाङ्गबाट प्रगतिशिल कलाकारहरुले शुरु गरेको अभियान टोली आईतवार महोत्तरीको बर्दिवास आईपुगेको हो।
राष्टिय स्तरका कलाकारहरुले जनबादी मौलिकतामा आधारित प्रस्तुतिका साथै जनसाहित्यका साहित्यिक प्रस्तुति बर्दिवास स्थित बर्दिवास रिसोटको सभा कक्षमा प्रस्तुत गरीने बर्दिवासमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएका छन ।





































