आज्ञा खबर
काठमांडौ
नेपाली गित संगितमा वरिष्ठताको उपाधि पाएका गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध रहेका उनलाई अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजनको मात्राकम भएपछि मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै आचार्यको निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।
उनका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीतहरु ओझेल नपर्नेगरी लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठान काठमांडौमा राखिने बताईएको छ ।