आज्ञा खबर
काठमाडौं:उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । शुक्रबार हुने निर्वाचनका लागि मौन अवधि सुरु भएसँगै चुनावी प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, गर्न पाइने छैन ।
त्यस्तै, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, आचारसंहिता विपरीत वक्तव्य दिन नहुने आयोगले जनाएको छ ।
उपराष्ट्रपतिका लागि सत्तागठबन्धनबाट रामसहाय प्रसाद यादव, जनमत पार्टीबाट ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।





































