स्थानीय तहको निर्वाचनले ‘चिसो मान्छे’ प्रदर्शनमा प्रभाब

[sharethis-inline-buttons]

काठमाडौं , माघ २५

सरकारले वैशाखको ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन मिति सर्ने भएको छ ।

निर्वाचनका दिन बिदा हुने र सवारी आवागमन समेत बन्द हुने भएकाले चलचित्र प्रदर्शनको मिति हेरफेर गर्ने तयारी गरिरहेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘अब त वैशाख ३० गते कसरी चलचित्र रिलिज हुन्छ र ? हामी नयाँ मितिका लागि छलफल गर्दैछौं ।

 

केही दिनमा नै टुंगो लाग्नेछ,’ उनले भने ।दीपेन्द्रले चलचित्र तयार भइसकेकाले राम्रो मिति पाएको भए वैशाख ३० गते अगावै चलचित्र रिलिज गर्न आफू तयार रहेको बताए । तर, वैशाख ३० गते अगाडि नै हिन्दी र नेपाली चलचित्रको प्रदर्शन मिति तय भएकाले ‘प्रि-पोण्ड’को सम्भावना नरहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनको एक साताअघि अर्थात् वैशाख २३ गते ‘लप्पन छप्पन’ र ‘कबड्डी ४’ले पनि प्रदर्शनको मिति तोकेका छन् । अब यी दुई चलचित्रका निर्माताले चलचित्रपछि सार्छन् वा निर्धारित मितिमा नै रिलिज गर्छन् पक्का छैन ।