सुभद्रा भुजेल
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिका–४ माईस्थानस्थित छिन्नमस्ता सशस्त्र प्रहरी बाहिनी नजिकैको जंगलमा परीचय खुल्न नसकेको एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
स्थानीयका अनुसार करिब ३५ देखि ४० वर्ष उमेरको जस्तो देखिने पुरुषको शव फेला परेको हो । शव पूर्ण रूपमा कुहिएको अवस्थामा रहेको बताइएको छ । मृतकले रातो–कालो रङको टी–सर्ट लगाएको जनाइएको छ ।
शव फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अघि बढाएको छ । मृतकको हुलियासँग मिल्ने व्यक्ति हराइरहेको भए वा यससम्बन्धी कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
