भारतीय चलचित्र अभिनेता, मनोज कुमार (हरिकृष्ण गोस्वामी)को निधन

[sharethis-inline-buttons]

आज्ञा खबर
बाठमांडौँ
भारतीय चलचित्र अभिनेता, निर्देशक मनोज कुमार ( हरिकृष्ण गोस्वामी)को ८७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
उनको मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा बिहान ४ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
लामो समयदेखि मुटु र अन्य विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका मनोज कुमार सन् १९३७ जुलाई २४ मा अहिलेको पाकिस्तानमा जन्मिएका थिए । भारत पाकिस्तान विभाजनपछि उनको परिवार दिल्ली सरेको थियो ।

उनले ’रोटी कपडा और मकान’, शहीद, क्रान्तिजस्ता देशभक्तिका फिल्महरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ’शहीद’ फिल्मबाट लोकप्रियता बटुलेका थिए । ’रोटी कपडा और मकान’ र ’क्रान्ति’ जस्ता चलचित्रहरू मार्फत बलिउडमा उनले अलग्गै पहिचान बनाएका थिए । उनले देशभक्तिका फिल्महरुबाट धेरै नै लोकप्रियता पाएका थिए ।
उनले पद्यमश्री, दादासाहेब फाल्के पुरस्कार लगायतका बिभिन्न पुरस्कारबाट सम्मानित भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई ’भारतीय सिनेमाको आइकन’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।