राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि ‘अन्जिला’को हल भिजिट स्थगित

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि फिल्म ‘अञ्जिला’ले काठमाडौंमा गर्न लागेको ‘हल भिजिट’स्थगित भएको छ । एन्जिला तुम्बापो सुब्बा शुक्रबार ग्रीसबाट नेपाल आएकी थिइन् । फिल्म प्रचारकै लागि महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला काठमाडौं आएकी हुँन।
निर्देशक मिलन चाम्सले तीनकुने क्षेत्रमा भएको तनाव र राजनीतिक परिस्थितीलाई हेरेर काठमाडौंमा हुने हल भिजिट स्थगित गरिएको जनकारी दिए।

काठमाडौंको हल भिजिट ‘काठमाडौंमा रद्द गरेर ‘अञ्जिला’ टोली फिल्म प्रचारको लागि पोखरा जाने तयारीमा छ । अब हामी पोखरातिर जाँदैछौं’ उनले भने । उनका अनुसार उपत्यकाबाहिरका ७ सहरमा फिल्मको प्रचार गर्ने तयारी रहेको छ ।

आज बिहान मात्रै काठमाडौं आएकी एन्जिलाले ललितपुरको लाबिम,ठमेलको छाया, लगायतका हलमा प्रचारप्रसार गर्ने र दर्शक भेट्ने कार्यक्रम थियो ।