आज्ञा खबर
धनकुटा
अवैध लागूऔषध गाँजा सहित धनकुटाबाट बुधबार राति एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट बस्ने २५ वर्षीय अभिषेक विक रहेको प्रहरीले जनाएको छ ।करिब १ सय ५ किलोग्रामसहित उनलाई सहिदभूमी गाउँपालिका–१ सेती चोकबाटै पक्राउ गरीएको हो ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको जनाएको छ ।घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गाँजा सहित अटो चालक पक्राउ
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































