बर्दिवास–१ को वडा कार्यालय आफ्नै भबनबाट सञ्चालनमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ को वडा कार्यालय बुधबारदेखि औपचारिक रूपमा आफ्नै भबनमा सञ्चालनमा आएको छ। बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले विधिवत रूपमा कार्यालयको उद्घाटन गरेपछि सो कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले स्थानीय सरकारले जनताको घरदैलोमै सेवा पु¥याउने उद्देश्यसहित स्थानिय सरकारको दोश्रो कार्यकाल अर्थात आफु नगर प्रमुख भएर बिजयी भएपछी वडा कार्यालयहरूलाई व्यवस्थित र सुविधासम्पन्न बनाउँदै आफ्नै प्रशाशकिय भबनमा लगिएको बताए। उनले वडा कार्यालयबाट प्रदान गरिने सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बर्दिवास नगरपालिकाका सबै वडा कार्यालयहरूको आफ्नै भवन भईसकेकोमा खुशी व्यक्त गरे। उनले यसले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै स्थानीय सरकारको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।


यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्काले नगरपालिकाको बजेटबाट निर्माण भएको नयाँ कार्यालय भबनबाट सेवाग्राहीलाई सेवा दिन पाएकोमा नगर प्रमुख सहित सम्पूर्ण बर्दिवास नगरपालिकालाई धन्यवाद दिए। खड्काले वडा कार्यालयको आफ्नै भवनबाट सेवा सञ्चालनगर्न पाउँदा सेवाग्राहीलाई थप सुविधा र सम्मानका साथ सेवा दिन सकिने विश्वास व्यक्त गरे।
देउराली माध्यमिक विद्यालयको चार कठ्ठा जग्गामा करिब ६० लाख रुपैयाँको लागतमा निर्माण भएको यस वडा कार्यालय भवनबाट अब वडा कार्यालयका नियमित सेवाहरू सहज र सुलभ रूपमा सञ्चालन गरिने बताइएको छ। यसअन्तर्गत जन्म, मृत्यु, बसाइँसराइ तथा विवाह दर्ता, सिफारिस सेवा, सामाजिक सुरक्षा सम्बन्धी कामकाज लगायतका सेवासँगै आधारभूत स्वास्थ्य केन्द्रका सेवाहरू पनि प्रदान गरिने जनाइएको छ।
नयाँ भवनबाट सेवा सुरु भएसँगै वडा नम्बर १ का स्थानीयवासीहरूले अब व्यवस्थित वातावरणमा छिटो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...