क्षेत्र नं. १ को पाटुमा निर्वाचन परिचालन समिति गठन

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

नेपाली कांग्रेसले महोत्तरी क्षेत्र नं. १ अन्तर्गत पर्ने वर्दिबास नगरपालिका वडा नम्वर ३ पाटुमा आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरिएको छ । पार्टी संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउँदै निर्वाचन अभियानलाई योजनाबद्ध र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो ।
पार्टिका प्रत्यक्ष तर्फका उम्मेद्वार डा. मुकेश काफ्ले, समानुपातिक उम्मेद्वार रेखा कुमारी यादव, नेता चिरन्जीवि हमाल, प्रह्लाद कुमार क्षेत्री, पोषण थापा, सिताराम ढुंगेल, विनोद ढुंगेल पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भेलाले वडा सभापति परशुराम रायको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समितिको औपचारिक घोषणा गरेको हो । भेलामा संगठन विस्तार, मतदाता अभिमुखीकरण, घरदैलो कार्यक्रम, प्रचार–प्रसार तथा निर्वाचन व्यवस्थापनलाई प्राथमिकतामा राखेर समितिको संरचना तय गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र संस्थागत विकासका लागि नेपाली कांग्रेसको भूमिका अझै सशक्त रहेको उल्लेख गरे। उनीहरूले पार्टीको नीति, सिद्धान्त र घोषणापत्रलाई जनताको घर–घरमा पु¥याउने गरी योजनाबद्ध रूपमा परिचालन हुन कार्यकर्ताहरूलाई आह्वान गरे।
नेताहरूले वडा नम्वर ३ क्षेत्रका विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा रोजगारी जस्ता जनसरोकारका मुद्दाहरूलाई निर्वाचन अभियानको मुख्य एजेन्डा बनाइने स्पष्ट पारे। जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
नवगठित निर्वाचन परिचालन समितिले पार्टीको केन्द्र, प्रदेश र जिल्ला नेतृत्वसँग समन्वय गर्दै अभियान सञ्चालन गर्ने जनाइएको छ। साथै, युवा, महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएको वर्गको सहभागिता सुनिश्चित गर्दै समावेशी र सशक्त चुनावी अभियान अघि बढाइने बताइएको छ ।

भेलाको अन्त्यमा सहभागीहरूले पार्टीको जीत सुनिश्चित गर्न एकताबद्ध भएर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई थप गतिशील बनाउने निर्णय गरेका छन्। निर्वाचन परिचालन समितिले चाँडै नै विस्तृत कार्ययोजना सार्वजनिक गरी वडा नम्वर ३ क्षेत्रभर अभियानलाई तीव्र बनाउने जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...