आज्ञा खबर
बर्दिवास
महोत्तरी, बर्दिवास–३ माथिल्लो पाटुस्थित पवनेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयन भएको छ। समितीको बिहीबार सम्पन्न निर्वाचनमा गुणबहादुर कार्की (गोपाल) अध्यक्ष पदमा विजयी भएका छन्।
कार्कीले ९३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी बाले सार्कीले ४७ मत प्राप्त गरेका थिए। कुल १ सय ६५ उपभोक्ता रहेको समितीमा १ सय ५३ जनाले मतदान गरेका थिए । समितीका अनुसार १३ मत बदर भएको थियो।
स्थानीय उपभोक्ताको सक्रिय सहभागिताबीच सम्पन्न निर्वाचनले आगामी दिनमा खानेपानी तथा सरसफाई सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेर अघि बढ्ने अपेक्षा गरिएको छ। माथिल्लो पाटुस्थित पवनेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको अन्य पदाधिकारी तथा सदस्यहरु यसअघिनै सर्बसम्त निर्बिरोध निवाचित भईसकेका छन ।
