शरीरको कोलेस्ट्रोल कसरी घटाउने

[sharethis-inline-buttons]

 

आज्ञा खबर

बर्दिवास

आजको ब्यस्त जीवनशैली, अनियमित खाना–पान र तनावले गर्दा धेरै मानिसहरू उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेका छन्। यो समस्या नेपालमा मात्र होइन, विश्वभर नै हाई स्ट्रोकका कारण हृदयघातका प्रमुख कारणमध्ये एक बनेको छ। चिकित्सकहरू भन्छन् — कोलेस्ट्रोल आफैं शत्रु होइन, तर यस्को असन्तुलन भने जोखिम हो।

कोलेस्ट्रोल के हो ?

कोलेस्ट्रोल शरीरमा पाइने मैन जस्तै बोसोयुक्त पदार्थ हो, जसले हर्मोन, भिटामिन D र पाचनका लागि आवश्यक पित्त रस बनाउन सहयोग गर्छ।
तर, यसको मात्रा बढ्दा धमनीहरूमा बोसो जम्न थाल्छ, जसले रगतको प्रवाह रोक्छ र मुटु तथा मस्तिष्कमा समस्या ल्याउँछ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् —

  1. LDL (Low-Density Lipoprotein) यसलाई खराब कोलेस्ट्रोल” भनिन्छ, यस्ले धमनीमा बोसो जमाउँछ।
  2. HDL (High-Density Lipoprotein) यो “राम्रो कोलेस्ट्रोल” हो, जसले धमनीमा जम्मा भएको बोसो सफा गर्न सहयोग गर्छ।

समस्या किन बढ्दैछ ?

बर्दिबास, जनकपुर वा काठमाडौंजस्ता सहरमा बढ्दो फास्टफुड संस्कृतिले कोलेस्ट्रोललाई मौन हत्यारा बनाएको छ। कार्यालयमा घण्टौँ बस्ने बानी,मोटरसाइकल,जिपकार जस्ता सवारी साधनमामा निर्भरता, तनाव र शारीरिक निष्क्रियता पनि यस्को मुख्य कारण हुन्।
हृदय रोग विशेषज्ञयस्कोहरुको भनाईमा “अत्यधिक मासु, चिल्लो खाना, रातो मासु, बियर, मदिरा र मिठाईजन्य खाद्य पदार्थ नियमित सेवन गर्ने बानीले शरीरमा LDL कोलेस्ट्रोल बढाउँछ।”

कोलेस्ट्रोल घटाउने प्राकृतिक उपायहरू

१. खानपानमा सुधार

  • फाइबरयुक्त खाना : जौ, ओट्स, सागसब्जी, फलफूल, चनादाल, हरियो मूँग जस्ता खाना सेवन गर्नुपर्छ।
  • ओमेगा युक्त तेल : तोरीको तेल, आलस, माछा (विशेष गरी सैल्मन, म्याकरल), जस्ता खानेकुरा उपयोगी हुन्छ।
  • चिल्लो प्रशोधित खाना त्याग : डिप फ्राई, बर्गर, सस, पेस्ट्री, पिज्जा जस्ता खानेकुरा घटाउने।
  • रातो मासु जनावरको बोसो खान कम गर्ने : सस्तो प्रोटिन स्रोतका रूपमा दाल र सोयाबिन प्रयोग गर्न सकिन्छ।

२. नियमित व्यायाम

दैनिक ३०–४५ मिनेटको तेज हिँडाइ, दौड, योग वा साइक्लिङले HDL कोलेस्ट्रोल बढाउँछ र LDL घटाउँछ।
बर्दिबासकी योग प्रशिक्षक सुमित्रा भट्टराई भन्छिन् —

“सधैं औषधिले होइन, नियमित योग र प्राणायामले शरीरलाई सन्तुलनमा ल्याउन सकिन्छ।”

३. तनाव नियन्त्रण

धेरै तनावले हर्मोनमा असन्तुलन ल्याएर शरीरमा बोसो बढाउँछ। ध्यान, साँझको हिडडुल, परिवारसँगको समय र मनपर्ने काममा ध्यान दिँदा तनाव घट्छ।

४. मदिरा धूम्रपान त्याग

मदिरा धूम्रपान दुवै बानीहरूले रक्तनलीलाई क्षति पुर्‍याउँछन् र HDL घटाउँछन्। स्वास्थ्य पुनःस्थापना गर्न यस्ता बानीहरू पूर्ण रूपमा त्याग्नुपर्छ।

५. निद्रा पर्याप्त लिनुहोस्

राति ७–८ घण्टाको सुताइले हर्मोनलाई सन्तुलित राख्छ र मेटाबोलिज्म सुधार्छ।

६. प्राकृतिक जडीबुटी घरेलु उपाय

  • लसुन : बिहान खाली पेट एक देखी दुई पोटी लसुन सेवन गर्दा LDL घटाउन सहयोग पुर्‍याउँछ।
  • हरियो चिया : यस्ले एन्टिअक्सिडेन्टले बोसो घटाउँछ।
  • मेथी दाना : रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा लाभदायक हुन्छ ।

चिकित्सकीय सल्लाह आवश्यक

यदि कोलेस्ट्रोल अत्यधिक स्तरमा पुगेको छ भने, डाक्टरको सल्लाहमा औषधि प्रयोग गर्न सकिन्छ। तर, औषधि सेबन मात्रै यस्को समाधान होइन — जीवनशैली परिवर्तन यस्को दीर्घकालीन उपाय हो।

स्थानीय दृष्टिकोण

बर्दिवासका धेरै युवाहरू अहिले जिम, साइक्लिङ र फुटबल  लगायतका खेलहरुमा सक्रिय देखिन्छन्। यसले स्वास्थ्यप्रति सचेतना बढेको संकेत दिन्छ। तर, ग्रामीण क्षेत्रमा अझै पनि मासु र चिल्लो परिकारको अत्यधिक सेवनले समस्या बढाइरहेको छ। जस्ले गर्दा बर्दिवासका स्थानीय स्वास्थ्य संस्थाहरू ले सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ।

कोलेस्ट्रोल घटाउन सन्तुलित आहार, नियमित व्यायाम, तनाव नियन्त्रण र आत्मानुशासनको अभ्यास नै दीर्घकालीन उपचार हो।
हृदय स्वस्थ रहोस् भन्ने अपेक्षा राख्ने हरेक ब्यक्तिले आजैबाट यो निर्णय लिनुहोस्

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...