माधव पौडेल
वर्दिबास
आँपको राजधानी मानिने तराई क्षेत्रमा यो वर्ष आँप उत्पादन घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि विज्ञहरुले वताएका छन् ।
यसवर्ष एकातिर आँप उत्पादन घटेको छ भने अर्कोतिर फलेको आँप बाहिर जिल्ला पठाउन नसक्दा उचित मूल्य नपाएको किसानको गुनासो छ । ‘‘अघिल्लो वर्ष पनि आँप प्याकिङ्ग गरेर जिल्ला बाहिर पठाउन सकेनौं”, वर्दिबासमा आप किन्न आएका भंगाहाका व्यापारी रामनाथ चौधरीले भने, ‘‘ यसपालि पनि मुल्य नपाउदा अहिलेसम्म आधा पनि आँप टिप्न सकेका छैनौं ।” समयमा आँप टिप्न नसकेकाले बोटमै कुहिन थालेको समेत उनको गुनासो छ ।

वर्दीवास ३ भव्सीमा फलेको आपँ
अघिल्ला वर्षहरुमा आँप पाक्नुभन्दा अघि नै ठुला व्यापारीहरु बँगैचामै आएर खरिद गर्ने गरेपनि यसवर्ष व्यापारी खरिद गर्न नआएकाले हामि जस्ता साना व्यापारीले आँप जिल्ला बाहिर पठाउन नसकिएको उनको भनाइ छ । यहाँ फल्ने आँप काठमाडौं, बिराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतमा समेत निर्यात हुँदै आएको थियो ।
अहिले बजारमा मालदह प्रतिकिलो रु.१००, बम्बई रु. ७०, र अन्य आँप रु.६० मा बिक्री भइरहेको छ । यो मूल्य अघिल्लो सिजनको भन्दा सस्तो भएको किसानको गुनासो छ । फुल फुल्ने समयमा ढकमक्क फुले पनि फल्ने वेला वोटै रित्तै हुने हुँदा आपँखेतिवाट धोका पाउने गरेको किसाननगरका किसान राजन पोखरेलको गुनासो छ । अघिल्लो वर्ष आपँ खेतिवाट १ लाख भन्दा वढिको आपँ वेचेकोमा यो वर्ष ७० हजार आए ठुलो उपलव्धी हुने वर्दिबास १४ का विना कुमारी महतो वताउछीन । सरकारले तोकेका कृषि प्राविधिक किसानको खेत खेतमा पुग्ने वताएपनि यो वर्ष कोहि पनि प्राविधिक मेरो खेति हेर्न नआएको उनि वताउछीन । उत्पादन, वजारीकरण र भण्डारणको लागि किसानले अपनाउनु पर्ने विघि तथा तरीका थाहा नपाएर पनि धेरै किसान कृषिवाट राम्रो आम्दानि लिन नसकेको जनगुनासो रहेको छ । कृषि प्राविधिक हरु आफ्नै कार्यालयमा वसेरै तलव पाकिहाल्ने सोचका कारण फिल्डमा नजाने हुँदा नियामक निकायहरुले यस तर्फ ध्यान दिनु जरुरी छ ।
