कक्षा १२ मा ग्लोबल एकेडेमीको उत्कृष्ट नतिजाः ३.९६ जिपिए सहित प्रदेश प्रथम

[sharethis-inline-buttons]

माधव पौडेल
बर्दिबास, महोत्तरी

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा महोत्तरीको बर्दिबासस्थित ग्लोबल एकेडेमीले उत्कृष्ट सफलता हासिल गरेको छ ।

वर्दिबास नगरपालिका वडा नंं. ३ वस्ने जिवन भण्डारीकी छोरी विद्यालयकी छात्रा जेसिका भण्डारीले ३.९६ जिपिए प्राप्त गर्दै मधेश प्रदेश प्रथम तथा नेपालभरीको नतिजामा समेत यो नतिजा दोश्रो लेयरको भएको वुझिएको छ । नेपाल भरी पहिलो हुनेमा ३ं.९७ जिपिए ल्याउने दुई जना मात्र रहेको हालसम्मको नतिजा विश्लेषण गर्दा पाइएको छ । यस उपलब्धिले विद्यालयसँगै बर्दिबास नगर र महोत्तरी जिल्लाको शैक्षिक क्षेत्रमा गौरव थपेको विद्यालयले जनाएको छ ।

यस वर्ष कक्षा १२ को परीक्षामा विद्यालयबाट २७ जना विद्यार्थी सहभागी भएकामा सबै २७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार १० जना विद्यार्थीले ३.६०, भन्दा माथि, १५ जना विद्यार्थीले ३.२० भन्दा माथि र २ जना विद्यार्थीले २.८० भन्दा माथि जिपिए प्राप्त गरेका छन् ।

ग्लोवल एकेडेमि मधेश प्रदेश लगायत मध्य क्षेत्रमै निरन्तर अब्बल नतिजा ल्याउन सफल हुनुका प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सीपल विश्वराज वाग्लेले वताए ।

उत्कृष्ट नतिजाप्रति विद्यालय परिवारले विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सफल सबै विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...