पोखरामा माइक्रोबस दुर्घटनाः तीन जनाको मृत्यु, सात घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
पोखरा
पोखरा महानगरपालिका–३२ स्थित लामेआहालमा बुधबार दिउँसो भएको माइक्रोबस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस दिउँसो करिब ३ः३० बजे दुर्घटनामा परेको हो। दुर्घटनापछि घाइते अवस्थामै अस्पताल पु¥याइएका चार जनामध्ये तीन जनाको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले जानकारी दिइन्। मृतकहरूको परिचय हालसम्म खुल्न सकेको छैन।

माइक्रोबसमा चालकसहित जम्मा ११ जना सवार थिए। बाँकी सात जना घाइतेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर र सामान्य गरी मिश्रित रहेको बताइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...