स्वयम सेबि भाबना समाजको सबैभन्दा उच्च परोपकारी भावना हो : प्रमुख प्रशाशकिय अधिकृत अधिकारी

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रबक्ता बिजय कुमार महतोले महिला स्वयम सेबिकाको सामाजिक योगदान महत्वपुर्ण रहेको बताएका छन। २० औ महिला स्वयम सेबिका दिवसको अवसरमा महोत्तरीको बर्दिवास स्थित बर्दिवास नगरपालिका र सेभ द, चिल्डे्रन क्षेत्रीय कार्यालय बर्दिवासले बिहिवार बिहान निकालेको संयुक्त प्रभातफेरीको कोणसभालाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हुँन।
उनले नगरभित्रका महिला स्वयंसेविका हरुलाई राज्यले दिएको सेवा सुबिधामा थपगर्दै नगरपालिकाले उनिहरुको कामको उच्च मुल्याङ्कन गरेको जनाए। महतोले नगरको श्रोत,साधन मार्फत स्वयम सेबिकाको सुबिधा थप गरेको भन्दै उनले भने, संघिय सरकारले अबकास पछी दिएको उपदान रकममा हामिले रकम थप गरेर दिईरहेका छौ त्यस बाहेकका अन्य सुबिधाहरु समेतकालागी म मेरो तर्फबाट पहल गछु, त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले स्वयम सेबि भाबना भनेको समाजको सबैभन्दा उच्चपरोपकारी भावना भएको बताएका छन। उनले स्वयंसेविकाको रुपमा कामगर्ने महिला आमा,दिदी,हरुलाई बर्दिवास नगरपालिका र आफुले ब्यक्तिगत रुपमा समेत उच्च कदर गरेको बताए। उनले महिला स्यमसेबिकाको माध्यमबाट राज्यले ठुलो उपलब्दी लिएको भन्दै स्वयम सेबिकाको सहयोगले बाल मृत्युदर ,मातृ मृत्युदर घटाउनुको साथै पोषण, खोप,लागातयको काममा निस्वार्थ रुपमै घर,घरमै गएर स्वास्थ क्षेत्रको सेवामा पुलको कामगरेर सहयोग गरेको जनाए ।
अधिकारीले भने,बालबालिका, जेष्ठ नागरिक,परिवार नियोजन सम्बन्धि परामर्श ,सुत्केरी महिलालाई सुनौलो हजार दिन लगायतका आम नागरिकको स्वास्थ्यप्रति नगरपालिकाले चासो लिएको छ, त्यस प्रति नगरको अस्पताल स्वास्थ्य चौकी लगायतका स्वास्थ्यकर्मी र महिला स्वयम सेबिका अहोरात्र खटिरहनु भएको छ, म धन्यबाद दिन्छु वहाहरुलाई। अधिकारीले महिला स्वयम सेबिकालाई स्वास्थ्यकर्मीसंग सहकार्य गर्दै काम गर्न आग्रह गरे। उनले बर्दिवास नगरपालिकाभित्र खटिएका स्वयम सेबिकाहरुले नगरभित्रका नागरिकलाई रक्तसञ्चार केन्द्र बर्दिवास मार्फत निशुल्क रगतको ब्यवस्था,सर्पले टोकेमा निशुल्क उपचार लगायत बिभिन्न उपचारको प्रबन्ध गरेको हुनाले यस्ता सेवाहरुलाई थप प्रभाबकारी बनाउन स्वयम सेबिकाको भुमिका पहिलो स्थानमा रहने उल्लेख गरे । उनले नागरिकको स्वास्थ्य प्रती जिम्मेवार बन्दै नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभाबकारी बनाउन समेत स्वयम सेबिकाको भुमिका रहने आवश्यकता औल्याए।
उनले नगरिकको घरदैलोमै पुगेर बिमाबाट हुने फाईदा र त्यसको प्रभाबकारीताको बिषयमा जानकारी दिदै उनिहरुलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनकालागी खेल्न सक्ने भुमिकामा समेत स्वयम सेबिकाको आवश्यकता औल्याए । उनले बिमाले तोके अनुसारको औषधि नपाईरहेको गुनासो सुन्नमा आईरहेकोले सबै सम्भब नभएपनि धेरै भन्दा धेरै औषधि उपलब्ध गराउने प्रयासमा लागिरहेको आश्वाश्त पारे। बर्दिवास नगरपालिका र सेभ द,चिल्ड्रेन क्षेत्रिय कार्यालय बर्दिवासको संयुक्त आयोजनमा निकालिएको प्रभातफेरीले बर्दिवासको मुख्य बजार क्षेत्र परीक्रमा गरेर कोण सभामा परिणत भएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश पासवानले जानकारी दिए।
महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको यो दिवस हरेक वर्ष पाँच डिसेम्बरमा मनाईने गरिन्छ ।
दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।
चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय छ ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।
समग्रमा सामुदायिक स्वास्थ्य कार्यकर्ताभित्र पर्ने यिनीहरूलाई विभिन्न देशमा फरक–फरक नामले सम्बोधन गर्ने गरिएको छ । चीनको ‘वेयरफुट डाक्टर’को सफलतापछि यो अवधारणाको अनुसरण अन्य मुलुकले पनि गर्न थालेका थिए । सन् १९७८ को अल्माआटा सम्मेलनले ल्याएको प्राथमिक स्वास्थ्य सेवाको अवधारणले यसलाई अनिवार्य बनाइदियो, जसको नारा थियो, ‘हेल्थ फर अल बाई २०००’ ।
यसपछि सन् १९८० ताका विभिन्न अल्पविकसित मुलुकले स्वास्थ्य स्वयंसेवा कार्यक्रमलाई स्वास्थ्यका लागि जनशक्तिका रूपमा अगाडि सारी तालिम दिन थाले । यो क्षेत्रमा महिला र पुरुष दुवै लागे पनि धेरै मुलुकमा महिला नै स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेको पाइन्छ । उदाहरणका लागि भारतमा स्थानीयस्तरमा काम गर्ने स्वास्थ्य क्षेत्रको कार्यक्रम आशामा एक लाख, आगनबाडी हेल्परमा एक लाख २० हजार र आगनबाडीमा एक लाख ३० हजार सबै महिला छन् ।
सामाजिक क्षेत्रमा धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य छ । केही वर्षयता उनीहरूको सेवा–सुविधाका बारेमा अलि बढी चासो देखिए पनि यसमा यथोचित सुधार हुन सकेको छैन ।
प्रारम्भिक चरणमा २७ जिल्लामा आरम्भ गरिएको कार्यक्रम ९० को दशकमा देशभर लागू गरियो र अहिलेसम्म पनि सफल रूपमै चलिरहेको छ । नेपालको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सफलताबारेमा अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने गर्छ ।
नेपालमा स्वास्थ्य स्वयंसेविकाले बीचमै काम छाड्ने दर पनि विश्वको तुलनामा अत्यन्त न्यून अर्थात् जम्मा चार प्रतिशत रहेको छ, जबकि दक्षिण अफ्रिकामा ४३ प्रतिशत बीचमै काम छाड्ने गर्छन् । यसले नेपालमा स्वास्थ्य स्वयंसेविकाको कामप्रतिको प्रतिबद्धतालाई नै झल्काउँछ । यसरी नेपालको स्वास्थ्य क्षेत्रको आधारका रूपमा रहेका यी स्वास्थ्य स्वयंसेविकाले सरकारबाट भने यथोचित् सम्मान नपाएको कुरा साँचो हो ।
गाउँघरमा स्वास्थ्य स्वयंसेविकाले राम्रो सम्मान पाउनुका साथै कतिपय दुर्गम ठाउँमा स्थानीयवासीले उनीहरूलाई डाक्टरसमेत भनेर सम्बोधन गर्ने गरेकाले उनीहरू विनापारिश्रमिक यस पेसामा लगातार लागिरहने थुप्रै कारणमध्येको महत्वपूर्ण कारण रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।
सुरुमा मासिक एक सय रुपैयाँबाट सुरु भएको, यो कार्यक्रम केही समयपछि दातृ संस्थाको सहयोग बन्द भएपछि भत्तामा मात्र सीमित हुन पुग्यो । ०५० सालमा ४० रुपैयाँ रहेका छलफल भत्ता अहिले चार सय पुगेको छ । साथैै, त्यतिवेला पोसाकका लागि भत्ता दिने गरिँदैनथ्यो, तर पछि तीन हजारबाट सुरु गरेर हालसम्म आइपुग्दा १० हजार दिने गरिएको छ ।
भारतमा भने आशा तथा आगनबाडीका स्वयंसेविकालाई मासिक रूपमा पारिश्रमिक भत्ता दिने गरिन्छ । यद्यपि, त्यो अत्यन्त न्यून हुने गरेकाले वेला–वेला उनीहरू श्रमको उचित मूल्यांकन हुनुप¥यो भनेर आन्दोलनमा पनि उत्रने गरेका छन् । त्यसो त वेलाबखतमा स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा केही सामान पनि दिने गरिन्छ ।
तर, ती सामान निम्न गुणस्तरका हुने र उनीहरूले प्रयोग गर्नै नपाउने थुप्रै स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । वास्तवमा बाहिरबाट हेर्दा अलिअलि सेवा–सुविधा पाइराखेको जस्तो देखिए पनि यथार्थमा उनीहरूको लगन र खटाइको कदर भएको देखिँदैन ।
महिला स्वास्थ्य स्वयंसेविकाको खास काम महिला तथा बालबालिकाको क्षेत्रमा भए पनि कतिपय अवस्थामा अन्य संघ संस्थाले पनि उनीहरूलाई स्वयंसेवकका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल सरकारले लागू गर्ने थप स्वास्थ्य कार्यक्रममा पनि उनीहरूलाई संलग्न गराइनै राखिएको हुन्छ, जुन कयौँ अवस्थामा उनीहरूको जिम्मेवारीभित्र पर्दैन ।

स्वास्थ्य स्वयंसेविकाको आवश्यकता र महत्व सन् ००६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले छर्लंग पारेको छ । प्रतिवेदन भन्छ, अल्पविकसित देशमा व्यावसायिक स्वास्थ्यकर्मीको अभाव हुँदा विकल्पका रूपमा यिनै सामुदायिक स्वास्थ्यकर्मी हुन् ।
यसले व्यावसायिक स्वास्थ्यकर्मीको कमीलाई पूर्ति गर्ने काम मात्र गरेको छैन कि यसले देशलाई आर्थिक भारबाट जोगाइरहेको छ । यति धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा भने अत्यन्त नगन्य छ । केही वर्षयता उनीहरूको सेवा–सुविधाकाबारेमा अलि बढी चासो देखिए पनि यसमा यथोचित सुधार हुन सकेको छैन ।
राज्यको पुनर्संरचनापछि भने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधामा प्रदेश र स्थानिय तह अनुसार भिन्नता आएको छ । बिमाको व्यवस्था गरिएको छ, तर पनि यसको पूर्ण कार्यान्वयन भइनसकेको गुनासो स्वास्थ्य स्वयंसेविकाबाट आइरहेको छ ।
विनापैसा दिनदिनै घरको काम छाडेर बाहिर जाने भनेर परिवारका सदस्यको रुखो बोली धेरै स्वास्थ्य स्वयंसेविकाले खाइरहेका छन् । हाम्रोजस्तो पितृसतात्मक मुलुकमा पारिवारिक जिम्मेवारी सँगसँगै विनापारिश्रमिक निश्चित समयसीमाविनाको काममा अहोरात्र खटिरहनु ठट्टाको विषय हुनै सक्दैन ।
उनीहरूको सामान्यभन्दा सामान्य मागलाई पनि ‘निःशुल्क सेवा गर्ने भनेर आफुखुसी आएकाले माग गर्न मिल्छ रु’ भनेर मुखमा बुझो हाल्ने काम बारम्बार भइरहेको छ । तर, उनीहरूले जस्तो मिहिनेतका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यसको मूल्यांकन राज्यले गर्नुपर्ने हो कि होइन र
वास्तवमा, प्रभावकारी कार्यक्रम हुँदाहुँदै पनि यसका मुख्य योगदानकर्तालाई राज्यले बिर्सने खालको जुन अवस्था देखिएको छ त्यसमा अब सकारात्मक हुनैपर्ने देखिन्छ ।
धेरैजसो स्वास्थ्य स्वयंसेविका निम्न आर्थिक अवस्थाबाट आएकाले र सेवा नै धर्म हो भन्ने सोचबाट विकसित भएकाले यो कामलाई निरन्तरता दिइरहेका छन् । यस्तोमा उनीहरूले गरिरहेको कामको सही मूल्यांकन गरी सकारात्मक सन्देश दिनुपर्ने दायित्व राज्यको काँधमा आइपुगेको छ ।