बर्दिबासमा ‘मेयर कप पुरुष फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने, टिम दर्ताका लागि आह्वान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिकामा‘मेयर कप पुरुष फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता सञ्चालनकालागि नगर खेलकुद विकास समितिले शुक्रबार सूचना जारी गर्दै प्रतियोगिताको तयारी तथा टिम दर्ता प्रक्रियाबारे जानकारी सार्वजनिक गरेको हो।
समितिको मिति २०८३ वैशाख १५ गतेको निर्णय तथा नगरपालिकाको कार्यादेश अनुसार साविकका ८ वटा गाउँ विकास समितिहरूको पहिचान र स्मरणस्वरूप प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाइएको छ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ताकालागि बर्दिबास नगरपालिका अन्तर्गतका साविक गा.वि.स. (हालका वडाहरू) बाट एक–एक टिम दर्ता गर्नुपर्नेछ। यसका लागि बर्दिवास नगरपालिकाभित्र स्थायी बसोबास गरेका खेलाडीहरू हुनुपर्ने छ।
जस्मा सम्बन्धित वडा कार्यालयको अनिवार्य सिफारिस आवश्यक पर्नेछ। यदि एउटै साविकको गा.वि.स.अन्तर्गत दुई वा सोभन्दा बढी वडाहरू रहेका छन् भने सबै वडाको सिफारिस पेश गर्नुपर्नेछ।
त्यसैगरी खेलमा सहभागि हुन चाहने प्रत्येक टिमले १६ जना खेलाडीहरूको नामावली पेश गर्नुपर्नेछ।
मेयर कप पुरुष फुटबल प्रतियोगिता टिम दर्ताको अन्तिम मितिः २०८३ वैशाख २२ गते (कार्यालय समयभित्र) तथा २३ गते दिउँसो २ः०० बजेसम्म रहने बताईएको छ।
तस्तै खेलको टाइ–सिट निर्माणः २०८३ वैशाख २३ गते दिउँसो ३ः०० बजे हुने नगर खेलकुद बिकास समितीले जनाएको छ।
२०८३ साल वैशाख २४ गते (बिहीबार) देखी प्रतियोगिता बर्दिबास रंगशालामा शुरु हुने
नगर खेलकुद विकास समितिका अध्यक्ष बोधबहादुर कटुवाल(बलदेब) द्वारा हस्ताक्षरित सूचनामा उल्ले गरीएको छ।
टिम दर्ता प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन बर्दिवास नगरपालिकाका सम्पुर्ण वडा कार्यालयहरूलाई नगर खेलकुद बिकास समितीले अनुरोध गरेको छ।
बर्दिबासमा हुन गईरहेको ‘मेयर कप पुरुष फुटबल प्रतियोगिता–२०८३’ ले स्थानीय स्तरमा फुटबल खेलको प्रवद्र्धन गर्नुका साथै युवा खेलाडीहरूको क्षमता विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...