चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी भाडा बढेको छ।

[sharethis-inline-buttons]

आज्ञा खबर

नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा समायोजन गरेको हो। गत कात्तिक २७ गते बसेको निगमको सञ्चालक समितिको भाडा बढाउने निर्णय थप अध्ययनपछि पुस १ गतेदेखि कार्यान्वयन गरिएको निगमले जनाएको छ।
ट्यांकरहरूको भाडा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि गरिएको निगमले जानकारी दिएको छ। निगमले देशभरका आन्तरिक र बाह्य गरी ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको हो। त्यस्ता ट्यांकरको स्थानीय १५ किलोमिटरसम्मको ढुवानीमा न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढेको छ। वीरगन्जदेखि थानकोट र सिनामंगल डिपोसम्मको ढुवानी भाडा क्रमशस् ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसा बनाइएको निगमले जनाएको छ।नेपाल खबर

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...