जलेश्वर नगरपालिकाको मेयर उपमेयरमा जसपाको जित

[sharethis-inline-buttons]

बर्दिवास, जेठ ८ गते ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको मेयर र उपमेयर जनता समाजवादी पार्टीले जित हात पारेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को लाल किल्ला मानिने जलेश्वरमा जसपाले मेयर उपमेयर जित्दै विजयी झण्डा फहराएको हो ।

जसपाका सुरेश साह सोनार लोसपाका तर्फबाट उम्मेदवार रहेका निवर्तमान मेयर रामाशंकर मिश्रालाई भारी मतअन्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्दी निवर्तमान मेयर मिश्रालाई १८७६ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । सोनारले७३०६ मत ल्याएर जित हाँसिल गरे भने निकटतम प्रतिद्वन्दी मिश्रा ५४३० मतमा सिमित भए ।

यस्तै उपमेयरमा जसपाकी रौशन खातुन निर्वाचित भएकी छन् । उनले ५८२३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मञ्चु देवी ४९०१ मत प्राप्त गरेकी छन् ।जलेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले मेयर र उपमेयर जितेको थियो ।जलेश्वर नगरपालिका लोसपाका अध्यक्ष महन्त ठाकुर निर्वाचित महोत्तरीको प्रतिनिधिसभा ३ नम्बर क्षेत्र अन्तरगर्त पर्दछ ।