श्रीलङ्कामा २६ जना मन्त्रीले दिए सामूहिक राजीनामा

[sharethis-inline-buttons]

काठमाडौं-

श्रीलङ्कामा सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएकाछन । श्रीलङ्का सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको अहिलेसम्मको खराब आर्थिक सङ्कटसँग सामना गरिरहेको छ ।
प्रधानमन्त्री महिन्द्र राजपक्षका छोरा नमल राजपक्षले समेत आफ्नो पदबाट राजीनामा दिएकाछन । टीव्टमा भनेकाछन ,‘मेरो राजीनामाको कारण राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री महिन्द राजपक्षलाई जनता र सरकारको स्थायित्वको लागि गरिने निर्णयमा सहयोग पुगोस् ।’ मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाए पनि प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा दिएकाछैनन ।