प्रधानमन्त्री शाहले मधेसका विभिन्न दलका नेतासँग थाले छलफल

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं

प्रधानमन्त्री वालेन्द्र शाहले मधेस क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका छन्। मधेसका केही जिल्लामा देखिएको तनाव र पछिल्लो अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले राजनीतिक नेतृत्वसँग संवाद अघि बढाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मधेसका जिल्लामा उत्पन्न तनाव, त्यसको कारण तथा सम्भावित समाधानका उपायबारे विचार–विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

छलफलमा जनमत पार्टीका डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामके शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत मधेसका विभिन्न राजनीतिक दल तथा नेताहरू सहभागी छन्।

सरकारले पछिल्लो समय मधेसका केही क्षेत्रमा देखिएको तनावलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने प्रयासस्वरूप राजनीतिक दलका नेताहरूसँग छलफल अघि बढाएको हो। बैठकमा सहभागी नेताहरूले स्थानीय अवस्था, सामाजिक सद्भाव र शान्ति–सुरक्षासँग सम्बन्धित विषयमा आफ्ना धारणा राखिरहेका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...