धनुषामा झण्डै ८० नेपाली किसानको १५ विघा जग्गा भारतीयको कब्जामा

[sharethis-inline-buttons]

जनकपुरधाम- 

नेपालकै सबैभन्दा होँचो ठाउँ हो धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका । सोही गाउँपालिकाको वडा नं. २ का भिखारी यादवको १५ कठ्ठा जग्गा दशगजासंगै टाँसिएको छ । जमुनी नदी पारी नेपालमै सो जग्गा पर्छ । जग्गा खोला किनारमा पर्छ । जग्गाको लालपूर्जा छ । उसले मालपोत कर पनि तिर्दै आएका छन् । तर, एक दशकदेखि जग्गा उब्जाउनबाट भने उनी बञ्चित छन् । कारण हो, भारतीयले उनको जग्गा नै कब्जा गरेका छन् ।

नेपाली किसानको जग्गामा उनीहरुले बाली लगाउँदै आएका छन् । यसले भिखारीको परिवारको गाँस नै खोसिएको छ । भारतीयले जग्गा कब्जा गरेदेखि १८ जना सदस्यको परिवारको लालपालन ज्याला मजदुरी गरेर गर्दै आएका छन् ।पहिला नदी वारी उनको जग्गा थियो । खोलाले धार परिवर्तन गर्दा खोलापारी त्यो जग्गा पुग्यो । तर, त्यो पनि नेपालकै भूमि रहेको किसानहरु बताउँछन् । भिखारी जस्ता दर्जनौ किसानको पीडा उस्तै छ ।

‘८ वर्ष अघिसम्म त्यही जग्गामा ७०–८० मन धान गहुँ फलाउँथे । खेतीपाती गरेरै परिवारको जोहो गर्थे’, उनले विगत भिखारी भन्छन्,‘ जमुनी नदीले धार परिवर्तन गरे यता हाम्रो दुदर्शा छ । मेरो जग्गा भारतीयले कब्जा गरेका छन् । हलो चढाउँदा भारतीय एसएसबीले आएर अवरोध गर्छन् । हाम्रो शसस्त्र प्रहरी मुकदर्शक बन्छन् । कसैले केहि पहल गरेका छैनन् ।’

भिखारीको छेउमै जमुनी नदी किनारमा एक बिघा (२०) कठ्ठा जग्गा स्थानीय जीवछ यादवको पनि छ । उनको समस्या पनि भिखारी यादव जस्तै छ । १० वर्षदेखि आफ्नै जग्गामा उनले हलो चढाउन पाएका छैनन् । १५ जनाको उनको परिवार छ । अन्य दुई कठ्ठा घडेरी बाहेक अन्य जग्गा छैन । टुडेपाटी