महोत्तरीको गौशालामा कुलतमा फसेका युवाहरुका लागि सुधारगृह भवनको निर्माण कार्य सुरु

[sharethis-inline-buttons]

गौशाला, माघ २८ गते ।

महोत्तरीको गौशालामा शेखर स्मृति सुधार गृह भवनको निर्माणका शिलान्यास मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गरेका छन् ।

बिहिबार गौशाला नगरपालिका वडा नम्बर ८ स्थित सोनी खोलाको किनारमा मधेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लागतमा अत्याधुनिक सेवा तथा सुविधा सम्पन्न दुई तल्ले सुधार गृह भवनको निर्माण हुन लागेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका इन्जिनियर जितेन्द्र महराले बताए ।

उक्त भवन असार मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने इन्जिनियर महराले बताए । लागुऔषध दुर्व्यसनमा लागेर कुलतमा फसेका युवाहरुलाई लक्षित गर्दै प्रदेशस्तरीय सुधार गृहको निर्माण गर्न लागिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए ।