कारागारबाट फरार भएका परियार बर्दिबासबाट पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास

जेन्जी आन्दोलनका क्रममा महोत्तरी जिल्ला कारागारबाट फरार भएका एक जना पुर्पक्षका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

अभद्र व्यवहार गर्न नहुने कसुरमा पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा रहेका बर्दिबास नगरपालिका–३ गौरीडाँडा निवासी ३५ वर्षीय दीपक परियार कारागारबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कारागारबाट फरार भएका परियारलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ७ः३० बजे बर्दिबास नगरपालिका–३ स्थित जनता स्कुलको पछाडिबाट पक्राउ गरेको हो।

पक्राउ परेका परियारलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः जिल्ला कारागार महोत्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार रहेका अन्य व्यक्तिको खोजी तथा पक्राउ कार्यलाई समेत निरन्तरता दिइरहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...