सुनसरीको दक्षिणी क्षेत्रमा पुनः अनिश्चितकालीन कर्फ्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

विराटनगर

सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनालाई लिएर उत्पन्न विवाद अझै पूर्णरूपमा साम्य हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेको सूचनाअनुसार बिहीबार दिउँसो ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार कर्फ्यु लागु भएको क्षेत्रमा सर्वसाधारणको आवतजावतका साथै भेला, सभा, बैठक, जुलुस, प्रदर्शन तथा घेराउलगायतका गतिविधि गर्न रोक लगाइएको छ।

प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म र महेन्द्र राजमार्गको उत्तर तथा दक्षिणतर्फ २०० मिटरसम्मको भूभागमा निर्धारण गरिएको छ।

देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावका कारण यसअघि पनि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। अवस्था तत्काल सामान्य हुन नसकेपछि पुनः कर्फ्यु लगाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...