नेपाललाई भारतले दियो २०० वटा गाडी

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं,

भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ ।

नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । न्युज कारखाना

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...