
माधव पौडेल
बर्दिबास, महोत्तरी
राष्ट्रिय परीक्षा बोर्डको यस वर्षको कक्षा १२ को नतिजामा साधारण धारतर्फ नेपालटप हासिल गरेकी छात्रा जेसिका भण्डारीलाई बर्दिबासस्थित ग्लोबल एकेठडेमिले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । वर्दिवास स्थित रिसोर्टमा आज भएको नयाँ विद्यार्थि स्वागत तथा उतिर्ण भएकाको विदाई कार्यक्रममा आफ्नो स्कुलकी छात्रालाई पुरस्कार प्रदान गरीएको हो ।
कार्यक्रममा जेसिकाको उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालयले नगद पुरस्कार प्रदान गरेको स्कुलका अध्यक्ष उद्धव वहादुर क्षत्रीले वताए । अध्यक्ष क्षेत्रीका अनुसार जेसिकाले विद्यालय, परिवार र समग्र क्षेत्रकै गौरव बढाएको भन्दै आगामी अध्ययन तथा सफलताको शुभकामना व्यक्त गरीएको वताए ।
जेसिकाले कक्षा १२ को परीक्षामा ३.९६ जीपीए प्राप्त गर्दै साधारण धारतर्फ नेपालभर प्रथम स्थान हासिल गरेकी हुन् । उनको उपलब्धिलाई प्रेरणादायी मान्दै विद्यालयले अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।
मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री मा. शारदा देवी थापाले प्रमुख अतिथिको रुपमा वोल्दै हाम्रो छोरीचेलिले देशमै किर्तिमान राखेको र सो राख्न ग्लोलव एकेडेमि सफल भएकोमा आफु अत्यन्तै खुशि भएको र आज भर्ना भएकाहरुवाट पनि भविष्यमा यस्तै आशा गरेको वताईन् ।
वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले आफ्नो नगरकी छात्राले देशमै आफ्नो ठाउको नाम चिनाउनुमा निजि र स्थानिय सरकार विच शिक्षामा सहकार्यमा गरीएको कामको प्रतिफल भएको वताए । निजि र सरकार समन्वय र सहकार्यमा अगाडि वढेको खण्डमा आगामि दिनमा पनि यस्ता सफलता हासिल गर्न सकिने उनले दावि गरे ।
स्वागत कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय ईकाई महोत्तरीका प्रमुख निर्मल घिमिरे, जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्ण, वर्दिवास नगरपालिका शिक्षा शाखा प्रमुख रेवति पराजुली, ईलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख गुरु प्रसाद तिम्सीना लगाएतको उपस्थिति रहेको थियो । यस वर्ष विद्यालयमा साधारण धार र प्राविधिक धार तर्फ गरी करीव २०० विद्यार्थिहरु ११ कक्षामा भर्ना भएको विद्यालयले जनाएको छ ।
