बहिरा महिलाको सशक्तीकरणका लागि बर्दिबासमा दुईदिने क्षमता विकास तालिम शुरु

[sharethis-inline-buttons]

माधव पौडेल
बर्दिबास, महोत्तरी

बहिरा महिलाहरूको नेतृत्व क्षमता, अधिकारप्रति सचेतना तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा दुईदिने क्षमता विकास तालिम शुरु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपाल, मधेश प्रदेश समिति जनकपुरधामको आयोजनामा असार १३ र १४ गते गौरीडाडा स्थित होटल साझमा सञ्चालन गरिएको तालिममा महोत्तरीसहित मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका बहिरा महिलाहरूको सहभागिता रहेको छ ।
“साङ्केतिक भाषा अधिकार बिना मानव अधिकार सम्भव छैन“ भन्ने मूल नारासहित आयोजित तालिममा बहिरा महिलाहरूलाई आफ्नो अधिकारको संरक्षण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, लैङ्गिक समानता, कानुनी अधिकार, सामाजिक समावेशीकरण तथा साङ्केतिक भाषाको प्रयोग र संरक्षणका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक संस्थाका महासचिव सिताराम ओझाले जानकारी दिए ।
तालिममा सहभागी महिलाहरूले दैनिक जीवनमा भोग्नुपरेका समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक सेवामा पहुँचका क्रममा सामना गर्नुपरेका चुनौतीबारे अनुभव आदानप्रदान गराउनुका साथै उनीहरूलाई समस्या समाधानका उपाय, संस्थागत समन्वय र नेतृत्व विकासका व्यावहारिक सीपबारे समेत जानकारी गराइने छ ।
आयोजकका अनुसार बहिरा महिलाहरू समाजमा दोहोरो विभेदको सामना गरिरहेका कारण उनीहरूलाई सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक छन् । तालिमले उनीहरूलाई आफ्नो हकअधिकारका लागि आवाज उठाउन, समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा आत्मनिर्भर बन्न प्रेरणा दिएको विश्वास व्यक्त गरिएको छ ।
उद्द्दाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा वर्दिवास नगरपालिका प्रमुख प्रहलाद क्षेत्रीले वहिरा समुदायको लागि भवन निर्माणको लागि आवश्यक वजेट यसै वर्ष विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महोत्तरी वहिरा संघ की अध्यक्ष सुधा गौतमले सहभागिलाई स्वागत गर्दै वहिराहरुले सरकारी निकायमा सेवालिन जादाँ भोग्नु परेको समस्या राख्दै सवै निवायमा दोभाषेको व्यवस्था गर्न माग गरेकिछिन् । राट्रिय वहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्तोष केसिले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरेका अधिकार, स्थानीय सरकारबाट उपलब्ध सेवा–सुविधा, महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा समावेशी विकासका विषयमा समेत सहजीकरण गरिने वताएका छन् । तालिम कार्यक्रम राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेश अध्यक्ष अरबिन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।
तालिम राष्ट्रिय बहिरा महासंघ नेपालको सहकार्य तथा My Right Dolarnas Dovas Forening को सहयोगमा सञ्चालन गरिएको हो । आयोजकका अनुसार आगामी दिनमा पनि बहिरा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि, अधिकार प्रवद्र्धन र सामाजिक समावेशीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । तलिम कार्यक्रम राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेश अध्यक्ष अरिबन्द चौधरीको अध्यक्षतामा भएको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...