महोत्तरीको भंगहा नगरपालिका ८ पररियामा लगाइएको कर्फ्यू हटाइयो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
हिन्दु र मुस्लिम समुदायबीच दंगा भड्किएपछि महोत्तरीको भंगहा नगरपालिका ८ पररियामा
जारी गरिएको अनिश्चितकालिन कर्फ्यू १८ घण्टापछि हिजो रातिदेखि हटेको छ ।
स्थिति नियन्त्रणमा लिन बिहीबार अपराहन्न ४ बजेदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाएकोे अनिश्चितकालिन कर्फ्यू हिजो राती (शुक्रबार)१० बजेदेखि हटाएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।

हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आएकोले राति १० बजेदेखि कर्फ्यू हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले सूचना जारी गर्दै जानकारी गराएका छन् ।

‘शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा कार्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासनले ऐन. २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यिकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा ५ बमोजिम हिजो राति १० बजे देखि लागु हुने गरी कर्फ्यू हटाईएको व्यहोरा सर्वसाधारण सबैमा जानकारीको लागि सुचित गरिएको छ’ जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनामा उल्लेख छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...