अत्यधिक वर्षाले सप्तकोसीले कटान थालेपछि श्रीलंका टापुका बासिन्दा असुक्षित

[sharethis-inline-buttons]

आज्ञाखबर
सुनसरी
सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान शुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा असुरक्षित भई सुरक्षित स्थानतर्फ लागेका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोसीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।
पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...