महोत्तरीमा चर्को मिटर ब्याजले पीडितप्रति सांसद पोखरेलले गराए ध्यानाकर्षण

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरीको भंगहा नगरपालिकामा चर्को मिटर ब्याजले आक्रान्त पीडितप्रति सत्तासीन दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद्मा विशेष समयमा शनिबार बोल्दै उनले चर्को मिटर ब्याज उठाउने साहुलाई सरकारले सजाय तिर्नुपर्ने बताए ।

विगतका वर्षहरूबाट भंगहा– ६ का साहुद्वय राजकरण शाह र रघुविर र भंगहा– ५ का अनुरुध शाहले स्थानीय दलित, थारु र अन्य समुदायका ३७ भन्दा बढी व्यक्तिको जग्गा र जेथा हडपेको हुनाले भंगहा नगरपालिकामा चर्को मिटर ब्याजका कारण त्यहाँका जनताहरू प्रताडित भइरहेका छन् । उनले भने ।

 

गरीबी र निरक्षरताको फाइदा उठाएर सोझासाजा व्यक्ति धनेश्वर महतोलाई साहुले एक लाखको चेक दिन्छु भनेर १२ लाखको ऋणको तमसुकमा छाप गर्न लगाएको भन्दै साहुले १२ गुणा बढीको कागज बनाएको उनले दुई वर्षपछि थाहा पाएपछी । साहु अनुरुध शाहले २०७४ सालमा मुद्दा हालेर जिल्ला अदालतमा १२ लाख लिएको जनाउँदै ब्याज र सावा असुल गरि पाऊँ भनी धनेश्वरविरुद्ध मुद्दा हाले । अदालतले २०७७ साल जेठ ६ गते ब्याज र सावा गरि १८ लाख ७४ हजार ३ सय धनेश्वरले साहुलाई तिर्नुपर्ने फैसला सुनायो । उनले पौसा बुझाए पनि अरुरुध मुद्दा फिर्ता लिएनन् । पछि अदालतबाट धनेश्वरको नाउँमा बाँकी रहेको १३ कट्टा जमिन रोक्का गराए । अदालतले यो जग्गा लिलाम गर्ने आदेश जारी ग¥यो,’ उनले सुनाए । पोखरेलले यसबारे विभिन्न मिडियाहरूले समाचार लेखे पनि सरकारले कुनै कदम नचालेको बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...