बर्दिवासमा कक्षा ६ का छात्राका लागि HPV खोप कार्यक्रम सञ्चालन हुने

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका भित्र रहेका कक्षा ६ सञ्चालन भइरहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका छात्रा (किशोरी) हरुलाई लक्षित गरी HPV खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ।

बर्दिवास नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यही मिति २०८२ साल फाल्गुण १ गतेदेखि विद्यालयमै अध्ययनरत कक्षा ६ की छात्रालाई HPV खोप लगाइने जानकारी गराएको हो। किशोरीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने HPV खोप कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले सबै विद्यालयहरुसँग आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ। खोप लगाउने क्रममा खोप प्राप्त गरेका छात्राको विवरण EMIS प्रणाली अन्तर्गत Student Record भित्र Student Vaccine Entry गर्ने व्यवस्था मिलाउन समेत विद्यालयहरुलाई आग्रह गरिएको छ।

नगरपालिका शिक्षा शाखाका अनुसार खोप विवरण EMIS मा प्रविष्टि गर्नु सहज प्रक्रिया रहेको छ। प्रविष्टिका क्रममा कुनै समस्या वा जिज्ञासा भए शिक्षा शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

नगरपालिकाले विद्यालय, शिक्षक, अभिभावक तथा सरोकारवालाको सक्रिय सहभागिताले मात्र कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...