आज्ञा खवर
वर्दिबास
वर्दिबासका सफल व्यवसायि तथा समाजिक विकासको क्षेत्रमा चिरपरीचित व्यक्तित्व दिपक कार्किले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएका छन् । विहिवार आफ्नो जन्मदिनको अवसरमा आफ्नो अस्पताल शुभ स्वस्तिक अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

सो अवसरमा अस्पतालका डक्टर तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस वर्दिवास रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरीएको हो । रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन् । अन्य वर्षहरुमा भन्दा यसपटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए । जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा अस्पतालका १५ जना डक्टर तथा कर्मचारीहरुले रक्तदान गरेका थिए । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कार्किले बताए ।

वर्दिबास क्षेत्रमा स्वास्थ्य जस्तो संवेदनशिल सेवामा लगानि गरेर हजारौ विरामिलाई सहुलिएत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने शुभस्वस्तीक अस्पताल कार्किकै नेतृत्वमा १६ वर्ष पुरा गरेको छ भने नसिंङ शिक्षा पनि शुभस्वस्तिक टेक्नीकल ईन्स्टीच्युट मार्फत संचालन भईरहेको छ । महोत्तरी हर्ट फाउण्डेशनको संस्थापक अध्यक्ष देखि वर्दिवास उद्योग वाण्ज्यि संघ, रोटरी क्लव वर्दिवास लगाएतका संघसंस्थाहरुमा कार्किको स्वयम्सेवी सहभागिता रहेको छ ।
