बर्दिवासमै पहिलोपटक गाईजात्रा विशेष कार्यक्रम –‘अब हाँस्छ बर्दिवास’

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास,
महोत्तरीको बर्दिवासमा पहिलोपटक गाईजात्रा विशेष कार्यक्रम आयोजना हुँदैछ। “अब हाँस्छ बर्दिवास” नामक उक्त कार्यक्रम साउन २४ गते शनिबार दिउँसो ३ बजेदेखि बर्दिवास–१४ स्थित गौतम होटलको सभाहलमा आयोजना हुने भएको हो ।

सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा यस वर्ष हास्यव्यङ्ग्य, कला–संस्कृति र सामाजिक सन्देशको समन्वयमा विविध मनोरञ्जनात्मक प्रस्तुतीसहितको गाईजात्रा कार्यक्रमले बर्दिवासवासीलाई हास्य र व्यङ्ग्यको स्वाद दिलाउने विश्वास लिइएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमले नेपाली मौलिक हास्य परम्परा र सांस्कृतिक चेतनालाई संरक्षण गर्दै सामाजिक चेतना फैलाउने उद्देश्य राखेको छ।

सिस्नुपानी नेपाल महोत्तरीले यस कार्यक्रमलाई सभ्य,भव्य र सफल बनाउन सम्पूर्ण संघ–संस्था, नागरिक समाज, कलाकार, सञ्चारकर्मी तथा हास्यव्यङ्ग्यमा रुचि राख्ने सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

कार्यक्रममा स्थानीय कलाकारहको हास्यव्यङ्ग्य प्रस्तुतीहरू रहने जनाइएको छ। गाईजात्रा जस्तो मौलिक र परम्परागत उत्सवलाई बर्दिवासमा भित्र्याएर सांस्कृतिक विविधतालाई उजागर गर्ने यो प्रयास ऐतिहासिक बन्ने आयोजकको अपेक्षा छ। कार्यक्रम अबलोकन गर्न कुनैपनि किसिमको टिकट अथवा शुल्क नलाग्ने आयोजक संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेले जानकारी दिए ।

“आउनुहोस्, रमाइलो गरौं – बर्दिवासलाई हाँसोले सजाऔं।” – यही नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रम बर्दिवास नगरवासीका लागि मनोरञ्जनसँगै सामाजीक चेतनाको सन्देश दिने अवसर बन्ने विश्वास लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...