सुझाव, आलोचना र खबरदारीलाई अवसरका रूपमा लिने नगरप्रमुख क्षेत्री

[sharethis-inline-buttons]

 

बर्दिवासमा सुशासन र सहकार्यको नयाँ दृष्टान्त

आज्ञा खबर

बर्दिवास

महोत्तरी जिल्लकोसुदर उतरवर्ती नगरको रुपमा परिचित बर्दिवास नगरपालिकाले आज विकासको नयाँ चरणमा फड्को मार्दैछ। यो परिवर्तनको मुटुमा जस्को कारकका रुपमा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री रहेका छन्।जसले जनताको सुझाव, आलोचना खबरदारीलाईचुनौती होइन, अवसरका रूपमा लिएर काम गरीरहेका छन्।

नगरवासीसँगको संवाद, नीतिगत पारदर्शिता स्थानीय नेतृत्वको आत्मविश्वासले स्थानिय सरकारको दोश्रो कार्यकालमा बर्दिवासमासहभागितामूलक विकासको भावना जगाएको छ।

 जनताको सल्लाह नै हाम्रो नीति निर्माणको आधार हो, नगरप्रमुख क्षेत्री भन्छन्, आलोचना नगरको कमजोरी होइन, सुधारको औषधि हो। आलोचना खबरदारीले हामीलाई अझ जिम्मेवार बनाउँछ।

आलोचनासुझावबाट निखरिँदै गएको नेतृत्व

 बर्दिवास नगरपालिकामा प्रह्लाद क्षेत्रीको नेतृत्व आएपछि पहिलोपटक नगरपालिका कार्यालयको ढोका सामान्य नागरिकका लागि खुलेको अनुभूति नगरवासीले गरेका छन्।

पहिला पहिला नगरपालिकाकै बजेटमामा रजगज गर्ने प्रशासन अहिलेजनताकै आँखामा देखिन्छ।

नगरपालिकाले जनसुनुवाइ, सुझावसंवाद कार्यक्रम प्रत्यक्ष सरोकारवालासँगको बैठकलाई नियमित कार्यतालिकामा राखेको छ।

 यसरी नागरिकको सुझावलाई औपचारिक रुपमा नीतिमा रूपान्तरण गर्न सक्ने क्षमता नै क्षेत्रीको नेतृत्वको मुख्य पहिचान बनेको छ।

नगरप्रमुख क्षेत्रीले बारम्बार भन्दै आएका छन्, हामीले नगरको विकासका लागि कार्यालयबाट होइन, गाउँटोल चोकबाट सिकेका हौं।

 उनको नेतृत्वमा तयार भएको वार्षिक बजेटमा नागरिक सल्लाह अनुसारको कार्य सम्पादनलाई बढी प्राथमिकतामा राखिएको तथ्यांकले देखाउँछ।

वडा नं. का एकजना सामाजिक अभियन्ता भन्छन्, पहिले बजेट कसरी बन्यो भन्ने थाहा नै पाउँदैनथ्यौं, अहिले नगरले जनताको सुझाब अनुसारको निर्णय गर्छ, जुन निकै सकारात्मक अभ्यास हो।

 समीक्षा सुधारको संस्कृतितर्फ नगर

 नगरविकासका योजनामा त्रुटि हुनु सामान्य हो, तर त्यसलाई सुधार गर्ने साहस विरलै पाइन्छ।

तर बर्दिवासमा त्यो चलन बदलिँएको छ्।

नगर प्रमुख क्षेत्रीले गल्ती वा कमजोरी लुकाउने होइन, स्वीकार गरेर सुधार गर्ने नीति अपनाएका छन्।

 नगरका कुनैपनि बिषयमा समस्या उत्पन्न भयो।

सो विषयमा नागरिकले सामाजिक सञ्जालदेखि बैठकसम्ममा चर्को आलोचना बर्दिवासमा हुनेगरेको छ।

तर नगरप्रमुखले सो आलोचनाअशिष्टभनेर अस्वीकार गर्ने सट्टा त्यसलाई अध्ययन गरी सुधारको निती अबलम्बन गर्ने गरेका छन्।

उनको यो व्यवहारले नगरवासीमा आत्मविश्वास जगाएको कि आवाज उठाउँदा स्थानिय सरकारले सुन्छ।

वडा नं. की एक शिक्षिका भन्छिन्, पहिले हामी गुनासो गर्दा ठुलाबडाको कुरा भनेर चुप पारिन्थ्यो, अहिले नगरपालिका आफैं आउँछ, सोध्छ—‘के सुधार गर्न सक्छौं’”

 पारदर्शी प्रशासन उत्तरदायी नेतृत्व

 नगरप्रमुख क्षेत्रीलेखुला प्रशासनको अवधारणालाई व्यवहारमा उतारेका छन्।

नगरपालिकाको वेबसाइटमा बजेट विवरण, ठेक्का प्रक्रिया, निर्णयका प्रतिलिपिहरू, योजनाको प्रगति विवरण सार्वजनिक गर्न सुरु गरिएको छ।

नगरसभामा पत्रकार नागरिकको उपस्थितिलाई प्रोत्साहित गरिएको छ।

 बर्दिवासका पत्रकार तथा नेपाल पत्रकार महासंघ महोत्तरीकी उपाध्यक्ष आशा तोलाङ्गे भन्छिन् नगरप्रमुखलेमिडियालाई शत्रु होइन, सहकार्यकर्ता ठान्नुहुन्छ। यही कारण अहिले नगरपालिका नागरिक बीचको सम्बन्ध पारदर्शी विश्वासमूलक बनेको छ।

यतिमात्रै होईन नगरपालिकाले जनसुनुवाइ तथा सुझाव संकलनको कर्य गर्दै आएको छ।

जस्का कारण वडास्तरमा नागरिकले योजना, गुनासो सुझावहरू राख्ने अवसर पाउँछन्।

ती सुझावहरू संकलन गरी नगर परिषद्ले प्राथमिकता तय गर्छ।

 गत वर्ष यस्तो जनसुनुवाइबाट स्थानीय साना योजना छनोट भएका थिएपैदलमार्ग निर्माणदेखि विद्यालय सुधारसम्मका कार्यगरी स्थानीय सरकार जनताको दूरी घटाएको छ।

 वडा नं का किसान राम कुमार महतो भन्छन्, हामीले  खानेपानी तथा सिचाईकालागी डिप बोरीङ्गको माग गरेका थियौं, दुई महिनामै काम भयो। अहिले देखिन्छसुझाव दिएर पनि काम हुन सक्छ।

 स्मार्ट हरित बर्दिवासतर्फ

 नगरप्रमुख क्षेत्रीको अर्को प्रमुख प्राथमिकता हो—‘हरित डिजिटल बर्दिवास

नगर क्षेत्रमा वृक्षरोपण, वातावरणीय सचेतना अभियानलाई निरन्तरता दिइएको छ।

गत वर्ष मात्रैहरित नगर अभियान अन्तर्गत नगरका बिभिन्न स्थानहरुमा १० हजारभन्दा बढी रूख लगाइएको छ।

 त्यस्तै, सेवाप्रवाहलाई डिजिटल बनाउने लक्ष्यसहितस्मार्ट नगरपालिका प्रणालीलागू गरिएको , जस अन्तर्गत नागरिकले सहज रुपमै जन्म, मृत्यु, व्यवसाय दर्ता लगायत सेवा लिन सक्नेछन्।

 हामी केवल भवन सडक निर्माणमात्रै होइन, सोच परिवर्तनमा समेत जोड दिन्छौं, क्षेत्री भन्छन्, बर्दिवास सफा, हरित प्राविधिक रूपमा सक्षम नगर बन्न सक्छ।

 सामाजिक समावेशीता समान अवसरका कार्यक्रमहरू

 क्षेत्रीको नेतृत्वमा नगरपालिका केवल भौतिक विकासमै सीमित छैन।

सामाजिक न्याय समावेशीतालाई विकासको मेरुदण्ड मानेर विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिएका छन्।

महिला उद्यमशीलता तालिम, अपांगतामैत्री पूर्वाधार, दलित छात्रवृत्ति, एकल महिला सहयोग जस्ता पहलले स्थानीय स्तरमा जीवनस्तर सुधार्न सहयोग पुर्याएका छन्।

 वडा नं. की एकल महिला भन्छिन्, पहिले हामी नगरपालिका धाउँदा समेत कामकाजमा ढिलासुस्ति हुने गर्दथ्यो अहिले नगरप्रमुख आफैं हाम्रो टोलमा आउनुहुन्छ, सोध्नुहुन्छ—‘के चाहिन्छ’”

 खबरदारीलाई अवसरको दृष्टिमा हेर्ने शैली

 राजनीतिक नेतृत्वको सामान्य कमजोरी होखबरदारीलाई असहजता ठान्नु।

तर क्षेत्री त्यसका अपवाद बनेका छन्।

उनले नागरिक खबरदारीलाई साझा स्वामित्वको चिन्ह मान्छन्।

विकासका विषयमा आलोचनात्मक आवाज उठ्दा पनि उनले त्यसलाई संवादमा परिणत गर्न जान्दछन्।

एकपटक सामाजिक सञ्जालमानगरपालिकाले फोहर व्यवस्थापनमा कमजोरी गरेकोभन्दै चर्को आलोचना भयो।

क्षेत्रीले जवाफमा विज्ञप्ति जारी गरेर होइन, सिधै टोलमा पुगेर नागरिकसँग कुरा गरे सुधारका उपायसहित

उक्त फोहर व्यवस्थापन को कार्यमा आफु स्यम जुटे ।

 शिक्षा, स्वास्थ्य पूर्वाधारमा सन्तुलित ध्यान

 नगरप्रमुख क्षेत्रीले आफ्नो नेतृत्वमा शिक्षा स्वास्थ्य क्षेत्रलाई समान प्राथमिकतामा राखेका छन्।

नगरपालिकाको लगानीमा अहिले सामुदायिक विद्यालयमा शौचालय, पुस्तकालय विज्ञान प्रयोगशाला निर्माण भइरहेको छ। यसै क्रममा वडा नं. का  बिद्यार्थी अभिभाबक हेमन्त बुर्जा भन्छन्, नगरप्रमुखले शिक्षा क्षेत्रमा देखाएको प्रतिबद्धता हाम्रो लागि ऊर्जा हो। विद्यालयमा बालमैत्री वातावरण सिर्जना गर्न सहयोग मिलेको छ।

 जनतासँग प्रत्यक्ष सम्पर्क—‘मेरा समस्या, मेरो नगरअभियान

 क्षेत्रीले सुरु गरेको अर्को लोकप्रिय अभियान हो—‘मेरा समस्या, मेरो नगर

यसअन्तर्गत उनले नगरका विभिन्न वडामा पुगेर नागरिकसँग सिधा संवाद गर्छन्।

गुनासो सुझाव सुन्छन्, तत्काल समाधान गर्न सकिने विषयहरू त्यहीँ निस्कर्षमा पुर्याउँछन्।

 त्यसले नगरवासीमा विश्वास जगाएको कि नगरप्रमुख केवल कार्यालयको प्रमुख होइन, हाम्रो आफ्नै घरका मान्छे हुन्।

 राजनीतिक नेतृत्वभन्दा बढी सेवकको भूमिकामा

 प्रह्लाद क्षेत्रीको शैली पारम्परिक राजनीतिजस्तै आदेशात्मक छैन।

उनीसेवक नेतृत्वको धारणा लिएर अघि बढेका छन्।

उनको भाषणमा राजनीतिक नारा होइन, योजनाको नक्सा हुन्छ।

उनका वाक्यहरूमा प्रतिज्ञा होइन, तथ्य बोल्छन्।

वडा नं. का युवा अभियन्ता प्रकाश महतो भन्छन्, क्षेत्रीजीका कारण अहिले बर्दिवासमाकाम बोल्छ भन्ने संस्कार सुरु भएको छ। उनी आफैं ठाउँमा पुगेर समस्या बुझ्छन्, यसले हाम्रो मन जितेको छ।

विपद् व्यवस्थापन सामाजिक एकतामा उदाहरण

गत असोज महिनामा  बाढीले नगरको १४ नम्बर  वडाको रेल्वे प्रभाबित लगायत अन्य क्षेत्रमा क्षति पुर्याउँदा क्षेत्री आफैं रातभर प्रभावित क्षेत्रमा थिए।

उनको निर्देशनमा राहत वितरण, सरसफाइ पुनःस्थापना कार्य तत्काल सुरु भयो।

स्थानीय स्वयंसेवक युवा समूहसँग सहकार्य गरेर उनले विपद् व्यवस्थापनमाएकताबद्ध नगरको भावना जगाए।

त्यो अनुभवले उनलाई बुझायो—“विकास जनताको साथबाट सम्भव हुन्छ।

 भविष्य दृष्टि,नागरिकसँगै बर्दिवासको बाटो

क्षेत्रीले अबको कार्यकाललाईसमावेशी, स्मार्ट आत्मनिर्भर बर्दिवासको कार्यकाल घोषित गरेका छन्।

उनको दीर्घकालीन योजना अनुसार, नगरपालिका तीन मुख्य दिशामा अघि बढ्नेछ

. हरित पूर्वाधार विकास,

. डिजिटल शासन प्रणाली,

. सामाजिक उद्यम प्रवर्द्धन।

नगर केवल सडक भवनको नाम होइन, उनी भन्छन्, यो नागरिक चेतनाको प्रतिबिम्ब हो। त्यसैले प्रत्येक नागरिकलाई सहनिर्माता मान्छु।

 आलोचनाबाट निखरिँदै जाने नेतृत्व

बर्दिवासका नागरिकहरू आज गर्वका साथ भन्छन्—“हाम्रो कुरा नगरले सुन्दैछ, हिँड्दैछ अघि बढ्दैछ।

यो सुन्ने संस्कार, सकारात्मक आलोचना ग्रहण गर्ने सोच संवादमैत्री नेतृत्वले बर्दिवासलाई नेपालको स्थानीय शासनको उदाहरणीय मोडल बनाइरहेको छ।

नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले साँचो अर्थमा विकासको सूत्र दिएका छन्

उनि भन्छन्जनताको सुझाव, आलोचना खबरदारी नै हाम्रो ऐना हो। ऐनामा अनुहार हेरेर सुधार्न सक्यौं भने, नगर आफैं सुन्दर बन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...