आज्ञा खबर
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।आज पत्रकार सम्मेलन गर्दै साम्पाङले भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन्।
सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।





































