बेदकोट, बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नं.को बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।रासस