जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

झापा । जिल्लाको मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । मेचिनगर–९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं। को स्कूटीमा सवार सम्झना श्रेष्ठलाई
मंगलबार बाह्रदशी गाउँपालिका १ बस्ने देवि बहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।
उनको उपचारको क्रममा धरानमा निधन भएको हो ।झापामा एक हप्ताको अवधिमा हात्तीको आक्रमणबाट निधन भएको यो दोस्रो घटना हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा आम्दा अस्पतालमा धुलाबारीमा १८ः३० मा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

गत आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन उद्घाटन गरेका थिए । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।

झापामा हात्ती आतंकबाट लामो समयदेखि मानिसहरूले ज्यान गुमाउँदै आएका छन् भने आहाराको खोजीमा हिँडेको हात्तीले धेरै भौतिक क्षति समेत गर्ने गरेको छ । बुधबार मात्रै विर्तामोड नगरपालिका–८ देउनियामा रहेको एक मिलमा पनि हात्तीले आक्रमण गरेको थियो ।