चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

केसीले बुधबार पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताएका छन् । उनले छलफल गरेर नै योजनाबद्ध तरिकाले चलचित्र क्षेत्रका समस्या समाधान गर्ने बताएका छन् ।

केसीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।