आज्ञा खबर
बर्दिबास, महोत्तरी
परमश्रद्धेय श्रीमुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) को पावन सङ्कल्पानुसार आयोजना हुन गइरहेको महायज्ञ तथा विविध धार्मिक कार्यक्रमहरूलाई भव्य रूपमा सम्पन्न गर्न महोत्तरीको बर्दिबासमा समिति गठन गरिएको छ।
विक्रम संवत् २०८३ साल मंसिर १ गतेदेखि २९ गतेसम्म श्रीगजेन्द्रमोक्ष-दिव्यधाम, नवलपरासीमा आयोजना हुने “श्रीमद्गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३” तथा विभिन्न समयमा सञ्चालन हुने श्रीमुक्तिनाथ रथयात्रा र षड्मासिक श्रीमुक्तिनाथ महोत्सवलाई भव्य, सफल एवं उत्साहपूर्ण रूपमा सम्पादन गर्न बर्दिबासका बासिन्दाहरूको भेलारूले उक्त समिति गठन गरेको हो।
नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति, काठमाडौँको आयोजनामा भएको भेलाले नारायण प्रसाद अधिकारीको संयोजकत्वमा कार्यसमिति चयन गरेको छ।
गठित समितिका पदाधिकारी तथा सदस्यहरू:
- संयोजक: नारायण प्रसाद अधिकारी
- सह-संयोजक: केशव प्रसाद घिमिरे र सुमित्रा भट्टराई
- सचिव: देवकुमार महतो
- सदस्यहरू:
- परमपुरुष गोपालदास
- राजेश थापा
- जय कुमार महतो
- राम प्रताप महतो
- लक्ष्मी शाह
- सुभाष प्र. सुवेदी
- निकेश खनाल
- राधा गौतम
- बिमला शाह
- सुरेशा शाह
- अनुराग कुमार यादव
- जानुका सुवेदी
- बिमल शाह
गठित समितिले मुक्तिनाथबाबाको पावन सङ्कल्पमा सम्पादन हुने यज्ञअनुष्ठान तथा अन्य सम्पूर्ण धार्मिक अभियानहरूमा सक्रिय भई कार्य गर्नेछ।
