‘चिसो मान्छे’ ले १ करोड २८ लाख ग्रस तीन दिनमा कमायो

[sharethis-inline-buttons]

काठमाडौं –

स्वस्तिमा खड्का र अर्पण थापा स्टारर फिल्म ‘चिसो मान्छे’ले पहिलो सप्ताहन्तमा १ करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ । फिल्मले शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको विवरण प्राप्त भएको छ ।सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । समीक्षाको प्रभाव ‘विक डेज’ र आगामी साता देखिने आशामा निर्देशक दीपेन्द्र के खनाल छन् ।

शुक्रबार नेपालसहित अमेरिका र माल्टामा समेत फिल्म रिलिज भएको हो । शर्मिला पाण्डेले निर्माण गरेको फिल्मले कोरोना महामारीको समयमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिको शवलाई काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई पेश गर्छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...