पूर्वमन्त्री मिथिला चौधरीको निधन

[sharethis-inline-buttons]

आज्ञा खबर
भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। चौधरीको मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिइन्।

संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त) को सांसद रहेको बेला देउवा नेतृत्वको सरकारमा उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

२०२२ साल चैत ७ गते धनुषा जिल्लाको जनकपुर न.पा.–८ जन्म भए पनि उनी सप्तरी जिल्लाको राजविराज न.पा.–८ की स्थायी बासोबास गर्दै आएकी थिइन्।

उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।
रासस