उपभोग्य मूल्यमा राहत दिनकै लागि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने तयारी

[sharethis-inline-buttons]

बर्दिवास, जेठ १८ गते ।

पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन पत्र पठाएको हो ।मंगलबार एक पत्र लेख्दै अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि कर घटाउन भनेको हो ।

उपभोग्य मूल्यमा केही राहत दिनकै लागि यस्तो परिपत्र गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।यश अघि मन्त्रिपरिषदको निर्णयले पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिएको थियो ।योसँगै अब पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाउने तयारी छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।