सरकारले पेट्रोलियम पदार्थको कर घटायो

[sharethis-inline-buttons]

बर्दिवास , जेठ १३ गते ।

सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाएको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो।अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ ।त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

त्यस्तै स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै बिक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।निगमको बिमासहित प्रशासनिक एवं बिक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १ दशमलव ७७ रुपैयाँ जोडिन्छ।