नेपालमा लोडसेडिङ फेरि सुरु हुने

[sharethis-inline-buttons]

काठमाण्डौँ-

नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि बुधबारबाट औद्यागिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने बताए ।उनले भारतबाट बिजुली पाउन छाडिसकिएकोले करिब १०/१५ दिन औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्ने बताए ।

उनले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’
प्राधिकरणले अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको जनाएको छ ।